बागलुङ/ एकै परिवारका दुई दृष्टिविहीन युवालाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको लागि आयरल्यान्ड गएका बागलुङका व्यक्तिहरुले बागलुङ नगरपालिका वडा नं.६ स्थित लंगाउका दुई युवालाई आर्थिक सहयोग गरेका हुन् । युवा अवस्थामा आखा गुमाएका लंगाउस्थितका ४२ वर्षीय खिमबहादुर थापा र ३४ वर्षीय अम्बरबहादुर थापालाई आयरल्यान्डमा रहेका अशोक मगर ‘प्रेम’को पहलमा संकलन भएको ९० हजार ८ सय २१ रुपैया हस्तान्तरण गरिएको छ ।
आर्थिक अवस्था कमजोर रहेका दृष्टिविहीन युवाहरुलाई सानीआमा र बुवाले हेरचाह गर्दे आएका छन । १४ जनाको परिवार रहका उनीहरुलाई रेखदेख गर्न समस्या हँुदै आएको छ ।





