मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

अमरज्योतिका विद्यार्थीलाई पोशाक

अमरज्योतिका विद्यार्थीलाई पोशाक


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७९, आइतबार

पोखरा/ पोखरा महानगरपालिका १३ का निवर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका कास्की जिल्ला उपसचिव दर्शन लामाले ५५ जना विद्यार्थीलाई स्कुल पोशाक सहयोग गरेका छन् ।
पोखरा १३ अमलाचौरस्थित अमरज्योति आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमै पुगेर पोशाक सहयोग गरेका हुन् ।

विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्दै युवा नेता लामाले विद्यार्थीहरुको प्रोत्साहानका लागि सहयोग गरेको बताए । विद्यालयका प्रध्यानाध्याक विमल बरालले सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरुलाई पोशाक सहयोग गर्नुे उदाहरणीय कार्य रहेको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->