बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तीन महिनादेखि खानेपानी बन्द

तीन महिनादेखि खानेपानी बन्द


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०७९, आइतबार

बागलुङ/सडक निर्माणका क्रममा क्षति भएको पाइपलाइन मर्मत नहुँदा यहाँको एक टोलमा तीन महिनादेखि खानेपानी आपूर्ति बन्द भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको रेडक्रस रोडका सर्वसाधारण तीन महिनादेखि खानेपानीबाट बञ्चित भएका हुन् ।

सडक डिभिजन कार्यालय बागलुङले उपल्लाचौरको कटहरको रुखदेखि अघिको केही सडक ढलान गर्दा खानेपानीको पाईपमा क्षति भएको थियो । समयमा क्षति भएको पाइप आयोजनाले मर्मत नगर्दा तीन महिनादेखि खानेपानी बन्द रहेको स्थानीय खिमलाल सापकोटाले बताए ।

यो टोलमा रहेका ३० परिवारले छिमेकीको धारामा पालो कुरेर खानेपानीको जोहो गर्ने गरेका छन् । ‘महंगो मुल्यमा ट्याङ्करको पानी ल्याउनुपर्ने बाध्यता छ, छिमेकका धारामा लाइन बस्दा कहिलेकाहीँ पालै आउँदैन्’ सापकोटाले भने ‘पानी बनाइदिनुपर्यो भनेर धेरैतिर धाइयो, अझै बनेको छैन् ।’

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सडक निर्माणका क्रममा बिग्रिएको पाइपलाइन सोही आयोजनाले मर्मत गर्नुपर्ने बताउँदै आएको छभने सडक आयोजनाको काम सकेको छैन् । खानेपानीको पाइपलाइन बिग्रिएको बिषयमा पहिले जानकारी नआएकाले अब तत्काल काम थाल्ने संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।

उनले सडक बनाउने क्रममा पानीको पाइपलाइन क्षति भएमा सोही आयोजनाले मर्मत गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरे । ‘हामीले प्राबिधिक काम गर्ने हो, भोली नै त्यहाँ हाम्रा प्राबिधिक पुग्छन्’ शर्माले भने ‘सडक बनाउँदा पाइप फालिन्छ भने उपभोक्ता पनि चुप लागेर बस्नु भएन् ।’ खानेपानी बन्द भएपछि उपभोक्ताले बागलुङ नगरपालिकाको वडा नं. ४ को कार्यालय, नगरपालिकाको कार्यालय र खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थालाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->