बागलुङ/ बलेवा सेवा समाज जापानले डाइबेटिक समस्याबाट पिडितलाई आर्थिक सहयोग गरेको छ । केही अघिसमयदेखी उक्त रोगबाट ग्रसित भई पञ्जाबको चण्डीगढमा उपचाररत अनिश शर्मा लामिछाने लाई समाजले आर्थिक सहयोग गरेको हो । बागलुङ नगरपालिका–१३ खर्सेड़ाड़ा निवासी लामिछानेको उपचारमा सहयोग पुर्याउने उद्वेश्यले अभियान सञ्चालन गरि सहयोग संकलन गरेको समाजका अध्यक्ष टिकाराम रिजाल बिमलले जानकारी दिए ।
उनका अनुसार समाजले सञ्चालन गरेको अभियानबाट संकलित ६२ हजार ३ सय ७१ नेपाली रूपैयाँ पिडितका श्रीमति सुमित्रा केसी लाई बलेवा सेवा समाज जापान का महिला उपाध्यक्ष शान्ति बस्नेत केसी, बानपा–१३, पैयँुपाटाका वाड अध्यक्ष नारायण शर्मा पौडेल मार्फत एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस पैयूपाटाका सभापति चन्द्र बहादुर केसी नेकपा माओबादी केन्द्रका अध्यक्ष रेशम खत्री स्थानिय समाजसेवी लगाएतको उपस्थिति रहेको थियो ।





