बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पाँच बर्षदेखि फरार प्रतिबादी पक्राउ

पाँच बर्षदेखि फरार प्रतिबादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०७९, सोमबार

बागलुङ/ बहुबिबाह कसुरमा जिल्ला अदात बागलुङले सजाएँ सुनाएपछि पाँच बर्षदेखि फरार रहेका एक पुरुषलाई प्रहरी पक्राउ गरेको छ । बागलुङ नगरपालिका–८ सिगानाका ३८ बर्षिय सुरेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला अदालत बागलुङले २०७४ साल पुस ११ गते बहुबिबाह कसुरमा दुई बर्ष कैद र १० हजार रुपैयाँ जरीवाना सुनाएको थियो । अदालतको फैसला आएकै दिनदेखि खड्का फरार थिए । घरमै लुकी छिपि बसेको अबस्थामा सुराकीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । पक्राउ परेका खड्कालाई फरार सूचिको लगत कट्टा गर्न बागलुङ जिल्ला अदालतमा पठाईएको रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->