पोखरा/नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले आइतबार भएको जहाज दुर्घटनाप्रति दुःख ब्यक्त गरेको छ । एमाले गण्डकी प्रदेश कमिटीले सोमबार एक शोक विज्ञप्ती जारी गर्दै दुर्घटनामा निधन हुने सम्पुर्णमा श्रद्धाञ्जली ब्यक्त गर्दै शोक बिह्वल परिबारमा हार्दिक समबेदना प्रकट गरेको छ ।
अध्यक्ष नबराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा आइतबार बिहान ९ः५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मानापाथी हिमालको फेदी सानोसरे भिरमा दुर्घटना हुन पुगि चालक दलसहित सवार सम्पुर्ण यात्रुहरूको दुःखद निधन भएकोमा आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गरिएको छ ।





