बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कैंदीबन्दीका लागि दालमोठ बनाउने तालिम

कैंदीबन्दीका लागि दालमोठ बनाउने तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०७९, मंगलबार

बागलुङ/जिल्ला कारागार बागलुङका पुरुष कैंदी बन्दीहरुका लागि एक हप्ते दालमोठ तथा आलुको चिप्स बनाउने तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङले कारागारमा रहेका कैंदी बन्दीहरुलाई आय आर्जनसँग जोडिने सिप सिकाउन तालिम सुरु गरेको हो ।

तालिममा कारागारमा रहेका एक सय ६९ पुरुष कैंदीबन्ीहरु सहभाागि छन् । तालिममा प्रशिक्षक लुमणी सूवेदीले प्रशिक्षण गर्ने कार्यालयले जनाएको छ । ‘कारागारमा रहेका कैंदीहरुका लागि सिप सिकाउने योजनाअन्र्तगत हामीले तालिम आयोजना गरेका हौं’ कार्यालय प्रमुख गुमादेवी रिजालले भनिन् ‘तालिम पश्चाल कैदी बन्दीहरुले उत्पादन थाल्नुहुने छ, त्यसमा हाम्रो सहयोग रहन्छ ।’

तालिमको उद्घाटन गृह मन्त्रालयका सहसचिव शान्त बहादुर सुनारले गरेका थिए । उनले सिकेका कुराले भविष्यमा स्वरोजगार बन्नमा सहयोग पुग्ने र उद्यमशिलताको विकास प्रत्येक व्यक्तिमा हुनुपर्ने बताए । कार्यक्रममा गृह मन्त्रालयका सहसचिव तथा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महार्निदेशक शान्त बहादुर सुनार, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, कारागार कार्यालयका जेलर दिलबहादुर खत्रीले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत विष्णुनाथ शर्मा, स्वागत मन्तव्य आर्थिक प्रशासन शाखा प्रमुख याम बहादुर थापा र कार्यक्रमको अध्यक्ष कार्यालय प्रमुख गुमादेवी शर्माले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->