बागलुङ / कालीगण्डकी नदीबाट अबैध रुपमा ढुंगा र बालुवा उत्खनन गरिरहेका तीन ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका–१ मा पर्ने कालिगण्डकी किनारबाट बुधबार बिहान ट्याक्टर नियन्त्रणमा लिईएको हो ।
प्रहरीले ध१त ३५५, ध १ त २३७ र ध१ त ४५८ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएर बागलुङ नगरपालिकालाई बुझाएको हो । बुधबार बिहान १०ः३० बजेको समयमा कालीगण्डकी किनारमा अबैध रुपमा उत्खनन भैरहेको खवर पाएको प्रहरीले ट्याक्टरहरु किनारबाटै पक्राउ गरेको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । बागलुङ नगरपालिकाले यसअघी लगाएको ठेक्काको समय सकिएको र नयाँ ठेक्का प्रकृया सुरुनै नभएकाले ट्याक्टरहरुले निर्माण सामग्री अबैध रुपमा उत्खनन गर्ने गरेका थिए ।
नदीजन्य पदार्थको उत्खनन तथा प्रयोगमा प्रकृया पुरा गरेर स्थानीय सरकारले जिम्मेबारी दिने, जिल्ला समन्वय समितिले अनुगमन गर्ने र आवश्यक परे कारवाही पनि स्थानीय सरकारलेनै गर्ने कानुनी व्यवस्था छ । कालिगण्डकी नदिको अन्य समयमा समेत स्काभेटर समेत प्रयोग गरेर दिनमा र रातको समयमा समेत अबैध उत्खनन् हुने गरेको छ ।
यस्तै प्रहरीले बुधबारनै दुई जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । हातहतियार तथा खरखजना मुद्धामा जिल्ला अदालत बागलुङले ५९ हजार ५५० रुपैयाँ जरीवाना सुनाएका ढोरपाटन नगरपालिका–४ का खगेन्द्र सुनारलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । उनलाई २०७४ भदौ ३ गते जिल्ला अदालतले जरीवाना सुनाएको थियो । अदालतको फैसलापछि लुकीछिपी बस्दै आएका सुनार पक्राउ परेका हुन् । त्यस्तै गौवध मुद्धामा जिल्ला अदालतले ३ महिना २० दिन सजाएँ सनाएका सोही ठाउँका बिरेन्द्र सिपार्लीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई कैंद र जरीवाना भुक्तानीका लागि जिल्ला अदालत बागलुङमा पेश गरिएको रानाले जानकारी दिए ।





