मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

हिमालीमा मेनकाजी–मिरा स्मृति कक्ष

हिमालीमा मेनकाजी–मिरा स्मृति कक्ष


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १९ २०७९, बिहिबार

पोखरा/ पोखरा ९ बसपार्कमा रहेको हिमाली सांस्कृतिक परिवारको कार्यालयमा संस्कृतिकर्मी मेनकाजी गुरुङ र धर्मपत्नी मिरा गुरुङको स्मृतिमा स्मृति कक्ष निर्माण गरिएको छ । मेनकाजी हिमालीका पूर्वअध्यक्ष हुन् । उनी र धर्मपत्नीको गएको वर्ष कोभिडका कारण निधन भएको थियो । गुरुङको प्रथम वार्षिकीको अवसर पारेर पोखरा ९ का नवनिर्वाचित वडाध्यक्ष दिपेन्द्र मर्सानीले कक्षको उद्घाटन गरे ।

मेनकाजी गुरुङ र मिरा गुरुङले सञ्चालन गरेको कञ्चनजङ्गा होष्टेलका पूर्वविद्यार्थीहरु हाल जापानमा रहेकी लक्ष्मी गुरुङ र युके निवासी आरती गुरुङको विशेष पहलमा होष्टेलका पूर्वविद्यार्थीहरुद्धारा संकलित ६ लाख ३३ हजार ५३ रुपैयाँसहित हिमाली सांस्कृतिक परिवारबाट ८ लाख रुपैयाँ लागतमा स्मृति कक्ष बनेको अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->