मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७९, शुक्रबार

पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा पोखराको लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना भएको छ ।
नेवाः खलः कास्की र नेवाः ल्याम्हं पुचः कास्कीको आव्हान तथा लामाचौर नेवाः खलः गुठीको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रम एक महिनासम्म सञ्चालन हुनेछ । प्रशिक्षण कार्यक्रममा १० वर्षदेखि माथि उमेर समूहका २५ जना प्रशिक्षार्थीको सहभागीता रहेको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्थापित जाति विस्थापित भाषा नाम दिएर यो प्रशिक्षण कार्यक्रम आयोजना भइरहेको छ । जस अनुसार तामाङ, र दुरा भाषाको प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । नेवारी भाषा प्रशिक्षण कार्यक्रम भने दोस्रोपटक हुन लागेको हो । यसअगाडि नेवाः खलः पृथ्वीचोको आयोजनामा नेवारी भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी यहीं जेठ २२ गतेबाट गुरुङ भाषाको प्रशिक्षण कार्यक्रम पोखरामा सुरु गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले जानकारी दिए

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->