बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जैमिनीमा आइतवारपनि सेवा प्रवाह हुने

जैमिनीमा आइतवारपनि सेवा प्रवाह हुने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७९, शुक्रबार

बागलुङ/जैमिनी नगरपालिकाले आइतवारको बिदा नलिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बिहिवारको बैठकले नगर क्षेत्रभित्र आइतवार बिदा नलिने निर्णय गरेको हो ।

नगर क्षेत्रका सरकारी तथा संस्थागत कार्यालय खुला गर्दा इन्धन खपतमा असर नपर्ने भएकोले सेवा प्रवाह नरोक्ने निर्णयमा पुगेको उपप्रमुख हरिहर शर्माले बताए । ‘हामीले साबिक बमोजिम नै कार्यालय खोल्ने र सेवा प्रवाह गर्ने निर्णय गरेका हौं’ उनले भने, ‘सरकारी निर्णयको अवज्ञ होइन, जनताको सेवामा बढी समय दिने भनेका हौं ।’ नगरपालिकामा स्थापना भएको नागरिक सहायता कक्षलाई व्यवस्थि तगर्नेर सेवा ग्राहीलाई टोकन प्रणालीमा लगेर सेवा दिने समेत उनले बताए ।

जैमिनी नगरले वडा तहमा योजना सम्झौता र फरफारककालागि तयारी समेत गरेको छ । त्यसकालागि हरेक वडामा प्राविधिकको व्यवस्था गरेर अत्यावस्यक काम बाहेक नगरपालिका धाउनु नपर्ने व्यवस्थापन तयारी भएको शर्माले जानकारी दिए । ‘कानूनले मिल्ने जती काम वडामै गर्न तयारी थालेका छौं’ उनले भने, ‘कार्यालयमै आउनु पर्ने बाध्यात्मक भएका कामलाई कानून बिपरित गर्दैनौं ।’ कानूनमा भएर पनि वडा तहमा सेवा दिन नसकिएका काम छिटै बिकेन्द्रीत हुने उनले बताए ।

जैमिनीले गर्भवती र सुत्केरी हुने महिला स्वास्थ्य चौकी जानुपर्दा यातायात चाहिएमा नगरपालिकाले प्रबन्ध गराउने गरी कार्यविधि समेत बनाउन लागेको बताए । आकस्मिक सेवा चाहिएमा नगरकै लगानीमा हेलिकोप्टर व्यवस्थापनमा पनि पहल थालिएको उनले जानकारी दिए । पोषण भत्ता, सामाजिक सुरक्षा भत्ता बितरणकालागि पनि बैंकहरुमा समन्वय गरेर वडा तहबाटै बितरण गर्ने तयारी गरिएको शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->