पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखराको दीपमा गुरुङ मातृभाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
कुल २७ जना प्रशिक्षार्थीको सहभागिता रहेको प्रशिक्षण कार्यक्रमकोे सहजिकरण ओम बहादुर गुरुङले गर्नुहुनेछ । क्होलादीप तमु समाज भवनमा आयोजित प्रशिक्षण कार्यक्रम एक महिनासम्म चल्नेछ ।
तमु प्ये ल्हु संघ केन्द्रीय समितिको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरीशरण आचार्यले गरेका थिए ।





