पोखरा/ पोखराको रानीपौवामा अवस्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर ,आइसीएफसी फाइनान्स र लायन्स क्लव अफ पोखरा डेस्टिनेसनको सयुक्त आयोजनामा बुधबार भएको वृहत रक्तदान कार्यक्रममा ३५ युनिट रगत सकंलन भएको छ ।
पोखरा वडा नं ११का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पहिलो रक्तदाता कृष्णप्रसाद तिवारी लाई बल्ड ब्याग हस्तान्तरण गरि कार्यक्रम उद्घाटन गरिएको थियो । योसँगै तिवारीले ६४ आंै पटक रक्तदान गरे।





