बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

इञ्जिनियरमाथी हातपात गर्नेसहित ७ जना पक्राउ

इञ्जिनियरमाथी हातपात गर्नेसहित ७ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २६ २०७९, बिहिबार

बागलुङ/ बागलुङको तमानखोला गाउँपालिकाका इञ्जिनियरमाथी हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रसेवक कर्मचारीको कामकाजमा बाधा अबरोध सिर्जना गरेको तथा हातपात गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

तमानखोला गाउँपालिका–१ का २९ बर्षिय महेन्द्र थापा र २८ बर्षिय होमलाल रोकालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तमानखोला गाउँपालिका–१ मा रहेको बुद्ध आधारभुत विद्यालयको भवन निर्माणको बिषयलाई लिएर उनीहरुले गत जेठ १४ गते गाउँपालिकाका इञ्जिनियर अर्जुन कुमार यादवलाई गालिगलौज तथा हातपात गरेका थिए ।

नियन्त्रणमा लिईएका दुवै जनाका बिरुद्धमा सार्वजनिक स्थानमा अभद्र व्यबहार गर्न नहुने कसुरमा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

यादवमाथी हातपात गरेको बिषयलाई लिएर तमानखोलाका कर्मचारीहरुले बिरोध जनाएका थिए । चौतर्फि दवाव पछि प्रहरीले घटना भएको ११ दिन पछि उनीहरुलाई पक्राउ गरेको हो । घटनापछि दुवै जना फरार रहेकाले पक्राउ गर्न समय लागेको प्रहरीले बताउँदै आएको थियो ।

त्यस्तै प्रहरीले हात हतियार तथा खरखजना मुद्धामा जिल्ला अदालतले सजाएँ सुनाएपछि फरार रहेका पाँच जनालाई एकैपटक नियन्त्रणमा लिएको छ । तमानखोला गाउँपालिका–५ बाट उनीहरुलाई पक्राउ गरिएको हो ।

तमानखोला गाउँपालिका–५ का ३७ बर्षिय याम बहादुर घर्ती, ४४ बर्षिय टेक बहादुर रोका, ५० बर्षिय चित्रराज कँडेल, ३८ बर्षिय होम बहादुर रोका र ४४ बर्षिय प्रभुलाल रोकालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई जिल्ला अदालतले हात हतियार तथा खरखजना मुद्धामा जनही ५ हजार रुपैयाँ जरीवाना र पाँच महिना १३ दिन कैंद सजाएँ सुनाएको थियो । फैसला पछि फरार रहेर घरवतनमै लुकीछिपी बसेको अबस्थामा उनीहरु पक्राउ परेको रानाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->