मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

भूमिअधिकार मञ्चको ३ बुँदे माग

भूमिअधिकार मञ्चको ३ बुँदे माग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०७९, शुक्रबार

पोखरा/ भूमिअधिकारबाट वञ्चितहरुको हक अधिकार सुनिश्चित गर्नका लागि वकालत गर्दै आएको भूमिअधिकार मञ्च काक्कीका प्रतिनिधि मण्डलले पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई भेटी ३ बुँदे माग तथा ६ बुँदे समस्याको अवस्था पहिचान पेश गरेका छन् ।

मेयरलाई पेश गरिएको पत्रमा पोखरा महानगरपालिका र ३३ वटै वडाहरुमा राष्ट्रिय भूमि आयोगको सहजीकरण समितिमा मञ्चको तर्फबाट १ महिला र १ पुरुषलाई मनोनित गर्नुपर्ने उल्लेख छ ।पत्रमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोवासीहरुलाई भोगाधिकारको आधारमा सोही स्थानमा जग्गाको नाप नक्सा गरी निस्सा उपलब्ध गराई पूर्जासहितको व्यवस्था गर्न र विगत २०६८ सालमा नेपाल सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीहरुलाई छानविन गरी उक्त वस्तीहरुमा जग्गा नाप नक्सासमेत तयार गरी सुकुम्बासी परिचयपत्र वितरण गरेको हुनाले उक्त प्रमाणलाई आधारमानी निजहरुलाई सोही स्थानमा श्रेस्ता कायम गरी पूर्जा वितरण गरियोस् भन्ने माग गरेको छ ।

माग पत्रको साथमा मञ्चले ६ बुँदामा महानगरपालिका भित्र पोखरा १० को नागिन टोल, पोखरा ९ को शिवटोल, पार्वतीटोल, कृष्णटोल, गणतान्त्रिक टोल, शुभकामना टोल, पोखरा १५ को द्धारे खरबारी मजुवा र शिवशक्ति टोल, पोखरा १८ को पिपलडाली सुकुम्बासी वस्तीहरुमा कुन कुन वडामा कहिले देखि कति भूमिहीन सुकुम्बासीहरु वसोबास गर्दै आएका छन् भन्ने जानकारी पनि गराएको छ ।
मेयर आचार्यले पत्र बुझ्दै आफपनि भूमिहीन सुकुम्बासीको समस्या छिटो समाधान गर्ने पक्षमा रहेको जानकारी गराएका मञ्चका कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->