पोखरा/ पोखरामा शनिबारदेखि भ्रष्टचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु भएको छ । कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा पोखरा आर्ट ग्यालरी महेन्द्रपुलमा सुरु भएको प्रदर्शनी जेठ ३० गतेसम्म चल्नेछ । प्रदर्शनीमा नेपालका चर्चित काटुनिष्टले तयार पारेका कूल ५० वटा कार्टुन राखिएको छ ।
जनमानसमा भष्ट्रचारविरुद्ध र सदाचारको पक्षमा सन्देश प्रवाह गर्न निसाना शीर्षकमा कार्टुन प्रदर्शनी गरिएको कार्टुनिष्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले बताए । यो केवल प्रदर्शनी मात्र नभएर भष्ट्राचार विरुद्धको सिर्जनात्मक अभियानको सुरुवात भएको उनको भनाई छ । काठमाडौंमा प्रदर्शनी आयोजना गरिसकेको क्लबले सातै प्रदेशमा पुगेर कार्टुन प्रदर्शन गर्ने तयारी गरेको छ ।
पोखरा पश्चात बाँकी प्रदेशमा क्रमिक रुपमा प्रदर्शनी मार्फत पुग्ने अध्यक्ष क्षितिजले जानकारी दिए । कार्टुन प्रदर्शनीले भष्ट्राचार नियन्त्रणमा सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको अपेक्षा छ । प्रर्दशनीलाई सफल पार्न सेन्टर फर मिडिया रिर्सच नेपालले सघाएको छ ।





