पोखरा/ पवित्र वचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक सामाजिक उत्तरदायित्व अन्र्तगत आइतबार रक्तदान आयोजना ग-यो ।
पोखरा–२६, कालिकाचोक स्थित आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार संयोजक तथा अन्तराष्ट्रिय एथलेटिक्स खेलाडी खड्गबहादुर रानाभाटले पहिलो रक्तदाता वसन्त वञ्जराभाटलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । सहकारीका अध्यक्ष बुद्धिबहादुर रानाभाटले संस्थाले हरेक वर्ष रक्तदान गर्दै आएको बताए ।





