पोखरा/ पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्यामपसले पोखरा महानगरपालिका वडा नं. १६ का नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा पूर्वजनप्रतिनिधिको बिदाइ गरेको छ ।
विन्ध्यवासिनी क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा, अविर र मायाको चिनोद्धारा स्वागत तथा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै क्याम्पस संचालक समितिका सल्लाहकार रामबहादुर बानियाँले क्याम्पसको आर्थिक अवस्था कमजोर रहेकोले यसलाई सहयोग गर्ने तर्फ नवनिर्वाचित जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराए । नवनिर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट आफ्नो मन्तव्य राख्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले आफू पनि क्याम्पस संचालक समितिको सदस्यको रुपमा रही आएकोले क्याम्पसको विकासमा लागी पर्ने प्रतिवद्धता व्यक्त गरेको क्याम्पस प्रम्ुख विजय शर्माले जानकारी दिए ।





