बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जुत्ता उद्योग र मोटर पार्टस्मा आगलागी, ६५ लाख क्षति

जुत्ता उद्योग र मोटर पार्टस्मा आगलागी, ६५ लाख क्षति


  • ढोरपाटन संवाददाता
  • असार ३ २०७९, शुक्रबार

बागलुङ/ बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यु धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार हिउँसो आगलागी भएको हो ।

आगलागीका कारण जुत्ता चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत कच्चा सामग्री र मेसिनहरुमा क्षति पुगेको छभने मोटर पार्टस्मा रहेका बिभिन्न खालकमा मर्मत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै पुसल र घरमा समेत गरेर ६५ लाख मुल्य बराबरका सामग्री नष्ट भएका छन् ।

दिउँसो पौने ३ बजे बिद्युत सर्ट भएर आगलागी भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए । बागलुङको काठेखोला गाउँपालिका–७ रेशका शिव किसानले जुत्ता चप्पल उद्योग र बागलुङ नगरपालिका–१ का राजकुमार शर्माले मोटर पार्टस् सञ्चालन गर्दै आएका थिए । आगलागीको खवर पाएलगत्तै प्रहरी उपरीक्षक दयानीधि ज्ञवाली सहितको प्रहरी टोली, बिपत् व्यवस्थापन गुल्मको टोली, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयको सक्रियतामा अपरान्ह ४ बजे आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट सोही घरमा बस्ने ६९ बर्षिय सरधुन श्रेष्ठ, ६१ बर्षिय भगवती श्रेष्ठ, ३८ बर्षिय शिव श्रेष्ठ, मशव श्रेष्ठ र उनका ११ बर्षिय छोरा मदप्सन श्रेष्ठलाई सामान्य घाईते भएको अवस्थामा उद्धार गरिएको रानाले जानकारी दिए । उनीहरु सबै धौलागिरी अस्पताल बागलुङमा उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->