मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गण्डकीमा सत्ता गठबन्धनभित्रको किचलो अझ पेचिलो

गण्डकीमा सत्ता गठबन्धनभित्रको किचलो अझ पेचिलो

मुख्य वा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : उर्जामन्त्री आचार्य


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७९, मंगलबार

पोखरा/ गठबन्धनको सरकारले ल्याएको बजेटबारे संसदमा छलफल नै चल्न नसकेको बेला गण्डकीका दुईजना मन्त्रीले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली वा अर्थमन्त्री रामजीप्रसाद बरालको राजीनामा मागेका छन् । उनीहरुले अर्थमन्त्रीले राजीनामा नदिए मन्त्रिपरिषद्बाट पारित भएका कार्यक्रम समावेश नगरिएको दोष मुख्यमन्त्रीले लिनुपर्ने जिकिर पनि गरे । सरकारले आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटमा नीति तथा कार्यक्रममा समेटिएको र मन्त्रिपरिषद्ले पारित गरेका कार्यक्रम नपरेको भन्दै सत्ता पक्षमै असन्तुष्टि चुलिएको छ । उर्जामन्त्री हरिशरण आचार्य र युवा तथा खेलकुदमन्त्री दीपक मनाङले मुख्यमन्त्री वा मन्त्रीको राजीनामा मागिरहँदा अर्थमन्त्री बरालले भने बजेट अब फेरबदल नहुने अडान सार्वजनिक गरेका छन् । यसले सत्ता गठबन्धनभित्रको रडाको अझ पेचिलो हुने देखिएको छ ।

फेरबदल हुँदैन :अर्थमन्त्री

मन्त्रिपरिषद्को निर्णय र मुख्यमन्त्रीको निर्देशन लत्याउँदै बजेटमा ‘आफूखुसी’ को आरोप लागेका गण्डकीका मुख्यमन्त्रीले निर्णयबाट पछि नहट्ने अडान दोहो¥याएका छन् ।
उनी संसदीय पत्रकार मञ्चले सोमबार आयोजना गरेको अन्तरसंवादमा बोल्दै थिए । उनले निर्वाचन क्षेत्र विकास कार्यक्रम कहाँ गयो भन्ने प्रश्न नै गलत रहेको जिकिर गरे ।
‘निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम कहाँ गयो ? भन्ने कुरा आयो । नीति र कार्यक्रममा थिएन, छैन, यहाँहरूले हेर्न सक्नुहुन्छ’,उनले भने,‘नीति तथा कार्यक्रममा नभएको विषयलाई सम्बोधन गर्नैपर्छ भन्ने छैन । भएका कुरा छुटाउने हक अर्थमन्त्रीलाई हुँदैन ।’ निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम मुख्यमन्त्रीले नै नचाहेको र यो लोकप्रिय कार्यक्रम पनि नभएको जिकिर गरे ।

‘अहिले व्यवस्थापिकाले कार्यपालिकाको काम गरेको छ । व्यवस्थापिकाले व्यवस्थापिकाको नै काम गर्ने हो । बाटोघाटो, सडक, पूर्वाधारका काम कार्यपालिकाले गर्दछ’,उनले भने,‘ विधायिकाको काम राम्रो ऐन नियम बनाउने हो । तर, त्यस्तो हुन सकेको छैन । सांसद भनेको कति बाटो, कति खानेपानीका आयोजना पा¥यो भन्ने होइन । सांसदको भूमिका के हो भन्नेतिर अलिक बढी चासो राख्न जरुरी छ ।’

ऐनले स्रोत व्यवस्थापन नभएकाले सो कोषको लागि दिइँदै आएको २ करोड कटौति गरेको जिकिर पनि गरे । ‘आफ्नो मन्त्रालय, जिम्मेवारी ड्युटी ठीक ढंगले सम्हाल्ने हो । अब नयाँ ढंगले केही आउँदैन । त्यो सम्भव छैन’,उनले भने,‘ अब घटबढ केही हुँदैन । निर्वाचन पूर्वाधार कार्यक्रम आउँदैन । संघले पनि राखेको छैन । यो निमित्त कारण हो । यसलाई उचालेर केही गर्न सकिन्छ कि भन्ने हो भने त्यो भूल हो ।’

माओवादी केन्द्रबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने उनले आफ्नै पार्टीले निर्देशन दिए पनि बजेट फेरबदल नहुने बताएका हुन् ।उनले यो गठबन्धन सरकार भएको र एउटाको मन्त्रिपद धरापमा पर्दैगर्दा अरुको पनि धरापमा पर्ने तर्क गर्दै भने,‘मेरा पार्टीका नेता अविवेकी होलान् र ? अर्थमन्त्रीले भ्रष्टाचार गरेको छैन । मेरो पार्टी, मेरो नेतालाई मैले भनिसकेको छु । अविवेकी छैनन् । अरु मन्त्रीले के भन्नुभयो उहाँलाई जवाफ दिन जरुरी छैन ।’

मुख्य वा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : उर्जामन्त्री आचार्य


गण्डकीका उर्जा,जलश्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले नैतिकता छ भने कि गण्डकीका मुख्यमन्त्री वा अर्थमन्त्रीमध्ये एकले राजीनामा दिनुपर्ने जिकिर गरेका छन् । उनले संसदीय व्यवस्थामा मुख्यमन्त्रीले भनेको मन्त्रीले नमान्नु भनेको व्यवस्था नै फेल खाने काम भएकोले दुईमध्ये एकले राजीनामा दिनुपर्ने बताएका हुन् । नीति तथा कार्यक्रममा समावेश तथा मन्त्रिपरिषद्ले पारित गरेको विषयहरु बजेटमा समावेश नगरेर अर्थमन्त्रीले संसदीय व्यवस्थामाथि नै प्रहार गरेको उनको भनाइ थियो । मन्त्रिपरिषद्ले पारित गरेका कार्यक्रमलाई अर्थमन्त्रीले कटौती गरेको भन्दै सत्तारुढ दलबाटै विरोध भइरहेको बेला जनता समाजवादी पार्टीका नेतासमेत रहेका मन्त्री आचार्यको यो भनाइ सार्वजनिक भएको हो ।

‘नैतिकता शिरोपर गर्नुहुन्छ भने कि मुख्यमन्त्रीले अर्थमन्त्रीलाई राजीनामा दिन लगाउनुपर्छ कि मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ, यो मेरो बटमलाइन हो’,उनले भने,‘५करोड रुपैयाँ सांसदको टाउको गनेर दिनमिल्ने तर २ करोड दिन नमिल्ने भन्ने कुराबाट उहाँ (अर्थमन्त्री रामजीप्रसाद बराल) नैतिक हराम भइसक्नुभयो ।’ उनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको २ करोड कटौती गर्नुमा अर्थमन्त्रीको गलत नियत लुकेको नि बताए । अर्थमन्त्रीले अर्थ विविध कोषमा कूल बजेटको ९ प्रतिशतभन्दा बढी बजेट राखेर चुनावको बेला आफूखुसी बाँड्न खोजेको पनि आरोप लगाए । ‘उहाँले सांसद विकास कोषको पैसा अर्थ विविधमा राखेको छु भन्नु भएको छ, आफूलाई ज्यूहजुर गरेर आओस् वा अन्य पार्टीका मान्छे अन्य पार्टीका मान्छे आफ्नो पार्टीमा आए भने त्यसलाई दिने भनेर राख्नुभएको हो’,उनले भने,‘ उहाँले आफ्नो पार्टीले जहाँजहाँ जितेको छ, त्यहाँ एकमुष्ठ बजेट दिन धेरै बजेट राखेको हो ।’

बजेटको अंकबाहेक लुकाउनुपर्ने कुरा केही नभएको जिकिर गर्दै नीतिगत कृुरा जनतामाझ लैजाने दायित्व पूरा गरेको पनि जिकिर गरे । ‘नीतिगत कुरा बाहिर ल्याउनु भनेको लोकतन्त्रको मान्यता नै हो, नल्याउनु भनेको कुण्ठित मानशिकता हो’,उनले भने,‘बजेट धेरै वा थोरै भन्ने मेरो कुरा हैन, नीति तथा कार्यक्रममा एउटा कुरा राख्ने, सांसदको टाउको बनेर पैसा दिने अनि सिद्धान्त प्राथमिकतामा राखेको कुरा किन कार्यान्वयन नगर्ने भन्ने हो ।’

उनले यो विषयलाई मन्त्रिपरिषद्मै उठाउको र त्यहाँ अर्थमन्त्री र मुख्यमन्त्रीमात्रै भएर सरकार चलाउनुुस् भन्दा, केही मन्त्रीहरुले राजीनामा दिँदासमेत तानाशाही लादिएको जिकिर गरे । अर्थमन्त्रीले नयाँ योजना आउनु हुँदैन भनेर आफू मातहतको मन्त्रालयको दायित्व रहेको बेगनास सिंचाइ आयोजना रोकेर ६ हजार रोपनी क्षेत्रफल बाँझो बनाउने प्रपञ्च पनि रचेको आरोप लगाए ।

मनाङेले पनि मागे राजीनामा

गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले पनि कि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली त कि अर्थमन्त्री रामजीप्रसाद बरालको राजीनामा दिनुपर्ने बताएका छन् ।
कि अर्थमन्त्री कि उहाँ (मुख्यमन्त्री)ले छोड्नुपर्छ । अर्थमन्त्रीको राजीनामा कुर्ने होइन । मुख्यमन्त्रीले स्याँक गर्ने हो । जुन काम गरेको छ अर्थमन्त्रीले त्यो ठूलो आपराधिक गतिविधि हो । धन्न म मन्त्रिपरिषद् गएको थिइनँ, बेबकुफ बनाएन’,सोमबार पत्रकारमाझ उनले भने,‘ अर्थमन्त्री फेर्न किन यत्रो सोच्नप¥यो ? माओवादीमा अरु मान्छे छैन ? दीपक कोइराला भन्ने मान्छे स्मार्ट छ त ।’
उनले अर्थमन्त्रीले बजेटमा के–के नै गर्ला भने पनि केही नगरेका र सबैलाई बेबकुफ बनाइदिएको आरोप लगाउँदै भने,‘ मुख्यमन्त्रीले आफ्नो टाउकोमा लिनुपर्छ ।’उनले मन्त्रीको काम राजीनामा दिएर जाने भएको बताउँदै मुख्यमन्त्रीले निकाल्न नसक्दा मन्त्री आफैले राजीनामा दिनुपर्ने तर्क पनि गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->