बागलुङ/ धौलागिरी आयुर्वेद औषधालयले मंगलबार बिबिध कार्यक्रम गरी अन्तराष्ट्रिय योग दिवस मनाएको छ । ‘मानबताको लागि योग’ भन्ने नारासहित यस बर्षको अन्तर्राष्ट्रिय योग दिबस मनाईएको हो ।
औषधालयको योग तथा ध्यान कार्यक्रम सञ्चालन गरेको थियो । योगाभ्यास कार्यक्रममा डा. कमल बिक्रम पौडेलले स्वागत योगको मानव जीवनमा रहेको महत्वको बिषयमा जानकारी गराएका थिए । दिनको सुरुवात हुने समायमा एक घन्टाको समय प्रत्यक मानिसले अफ्नो लागि छुट्याउनु पर्ने उनको धारणा थियो । समयमा आफ्नो बारेमा चिन्तन गर्ने, आफ्नो शरिरका अंग प्रत्यांगमा गतिशिलिता प्रदान गर्दै मन शान्त राख्न र आसन प्रणायम र ध्यान गर्न पौडेलले आग्रह गरे ।
कार्यक्रममा योग विभिन्न आयामहरु आसन, प्रणायम लगायतका अभ्यास कार्यालयका बैध्य निरिक्षक एकराज ढुंगानाले सञ्चालन गरेका थिए । कार्यक्रममा औषधालय ब्यबस्थापन समिती सदस्य ललिता थापाले नसर्ने रोग को ब्यबस्थपन र स्वस्थ्य जीवन यापनगर्न दैनिक रुपमा योग साधना गर्न आग्रह गरिन् ।





