मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिद्वारा बिध्यालयलाइ सहयोग

लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिद्वारा बिध्यालयलाइ सहयोग


  • ढोरपाटन संवाददाता
  • असार ८ २०७९, बुधबार

पोखरा/ पोखरा महानगरपालिका– १२ स्थित शितलादेबि माध्यमिक बिध्यालयलाइ लायन्स क्लब अफ पोखरा सेन्ट्रल सिटिले कुर्ची तथा बिबिध खेलकुद सामाग्री सहयोग गरेको छ।

संस्थाका संस्थापक अध्यक्ष रामराज सुबेजिले संयोजकत्व गरेको कार्यक्रका अध्यक्ष भीस्म सुवेदी र प्रमुख अतिथीमा वडा नं. १२ का वडा अध्यक्ष सन्तोस बास्तोला रहेका थिए भने कार्यक्रम संचालन जोन चियरपर्सन चेतन कार्किले गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्किले लायन्स क्लब एक अन्तरास्ट्रिय सस्था रहेकाले आगामी दिनमा अझै धेरै सहयोग गर्दै जाने समेत बताएका थिए भने वडा अध्यक्ष बास्तोलाले आफू जनमतले जितेको हुदा आफ्नो सबै कार्यकाल जनताको सेवामा तल्लिन रहने, र मानिसको चेतना वृद्धि गर्न तथा देश बिकास गर्नमा समेत शिक्षाले सकारात्मक भुमिका निर्वाह गर्ने कुरामा जोड दिएका थिए र बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न बिध्यालयलाइ आबस्यक पर्ने भौतिक संरचना लगायत अन्य सहयोग गर्नेमा आफू महानगरपालिका तथा अन्य निकायमा समेत पहल गर्नेमा जोड दिएका थिए । सो कार्यक्रममा बिधालयलाई चाहिने सामग्री को समन्वय सोही बिधालयकि शिक्षीका प्रीति ढकालले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->