मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कास्कीमा घरेलु हिंसा र बलात्कार बढ्दो

कास्कीमा घरेलु हिंसा र बलात्कार बढ्दो


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७९, बिहिबार

पोखरा/ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले पछिल्लो ६ महिनाको अवधीमा कास्की जिल्लामा ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु घटेको तथ्यांक सार्वजनिक गरेको छ ।
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि सन् २०२२ जनवरीदेखि जुनसम्म घटेका घटनाहरुको सार्वजनिक तथा समीक्षा कार्यक्रममा कास्कीमा सन् २०२२ जनवरीदेखि जुनसम्म ५३ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतिका घटना अभिलेख भएको जनाएको छ ।

६ वटा बाल अधिकारअन्तर्गत बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहार, २ वटा महिला अधिकारअन्तर्गत बलात्कार र यौन दुव्र्यवहार, घरेलु हिंसाका ३५, गिरफ्तारीका ४ , सम्पत्ति क्षतिका २, हत्याका ४ वटा घटना सङ्कलन गरिएको कास्की प्रतिनिधि सुशन घिमिरेले जानकारी दिए ।

कार्यक्रममा बोल्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले ग्रामीण क्षेत्रमा मानवअधिकार उल्लंघनका घटनामा वृद्धि भएको बताउँदै ग्रामीण क्षेत्रमा सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत मोहन काफ्लेले आयोगमा समेत महिला हिंसासम्बन्धि घटनामा बढी उजुरी पर्ने गरेको बताए ।

इन्सेक गण्डकी संयोजक शिव खकुरेलले संयुक्त राष्ट्रसंघले पारित गरेको ७ वटा ठूला महासन्धिमा केन्द्रित रहेर आफूहरुले मानवअधिकारको बारेमा अनुगमन गर्दै आइरहेको जानकारी दिए ।
गैरसरकारी संस्था महासंघ गण्डकी कार्यवहाक अध्यक्ष पदमराज पहारीले नागरिकहरु संविधानले प्रदान गरेका अधिकारबाट वञ्चित भएको बताए ।
महिला मानवअधिकार रक्षक संजाल अध्यक्ष इन्द्रकुमारी शर्माले वालिका पीडित हुने घटनामा वृद्धि भईरहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->