मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

रामानुज आश्रममा खाद्यान्न र भाँडाकुँडा सहयोग

रामानुज आश्रममा खाद्यान्न र भाँडाकुँडा सहयोग


  • ढोरपाटन संवाददाता
  • असार १० २०७९, शुक्रबार

बागलुङ/ मातृभुमी बहुउदेश्यीय सहकारी बागलुङले रामानुज आश्रम निरयघाटमा भाँडावर्तन तथा खाद्यान्न सहयोग गरेको छ । आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा संस्थाले आश्रममा बसोबास गर्ने जेष्ठ नागरिकको सहजताका लागि भाँडावर्तन तथा खाद्यान्न सहयोग गरेको हो ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयबहादुर केसीले मातृभुमी सहकारी संस्थाले आश्रमलाई गरेको सहयोग महत्वपुर्ण रहेको बताए । अफ्ठेरोमा परेका संघसंस्था तथा आश्रम सञ्चालनका लागि आफ्नोतर्फ बाट पनि सक्दो सहयोग गर्ने केसीले प्रतिबद्धता जनाए ।

त्यस्तै, आश्रमकी संचालिका पुरुषोक्तम आमाले आश्रम संचालनका लागि मातृभुमी सहकारीले गरेको सहयोग महत्वपुर्ण रहेको भन्दै धन्यबाद व्यक्त गरिन् । मातृभुमी सहकारी संस्थाका अध्यक्ष गुणराज पौड्यालले सहकारीबाट आउने मुनाफाबाट आफुहरुले स्थापना दिवसका अवसरमा धार्मिक तथा अन्य कठिनाईमा परेका संघसंस्थाका लागि सक्दो सहयोग गर्दै आएको बताए ।

कार्यक्रम मातृभुमी सहकारी संस्थाका अध्यक्ष गुणराज पौड्यालको अध्यक्षता, शिक्षा उपसमिति संयोजक रामचन्द्र शर्माको स्वागत मन्तव्य र सविच राम प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । सहकारीमा हाल करिब ४ सय शेयर सदस्य र २ करोड ५० लाख शेयर पुंजी रहेको संस्थाका सचिव राम प्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->