बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बडिगाडको बजेट : खरका छाना हटाउन एक करोड

बडिगाडको बजेट : खरका छाना हटाउन एक करोड


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७९, आइतबार

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाले ६७ करोड ६७ लाख ४९ हजारको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ४४ करोड ४८ लाख र पुँजीगततर्फ २३ करोड १९ लाख बजेट विनियोजन गरिएको हो । गाउँ सभामा उपाध्यक्ष भीमसेन वनले आगामि बर्षको बजेट प्रस्तुत गर्दै उत्पादन बृद्धि र रोजगारी सिर्जनमा बजेटको प्राथमिकता रहेको उल्लेख गरे ।

गाउँपालिकाले खरका छाना हटाउन एक करोड रुपैयाँ बजेट छुट्टाएको छ । खानेपानी आयोजनाका लागि दुई करोड ८५ लाख ५७ हजार छुट्याएको छ । सडक पूर्वाधार, शिक्षा, कृषि, पर्यटन, फोहोरमैला व्यवस्थापनलगायत क्षेत्र बजेट तथा कार्यक्रममा समेटिएका छन् ।

गाउँपालिकाले उत्पादनको क्षेत्रमा जोड दिने भनेको छ । नगदेबाली प्रबद्र्धनका लागि गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमा जोड दिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->