बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चट्याङले लागेर महिलाको मृत्यु

चट्याङले लागेर महिलाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार १५ २०७९, बुधबार

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्रामकी एक महिलाको चट्याङले लागेर मृत्यु भएको छ । तंग्रामको फापरखेतकी २८ बर्षिय सुस्मा पुनको मंगलबार राती चट्याङले लागेर मृत्यु भएको हो ।
घरकै भान्छा कोठामा खाना बनाईरहेको अबस्थामा उनलाई चट्याङले लागेर घाईते भएकी थिईन् । उपचारका लागि धौलागिरी अस्पताल बागलुङ पु¥याउँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । चट्याङले उनको घरमा क्षति पु¥याएको छ ।

त्यस्तै बागलुङकै गलकोट नगरपालिकामा बर्षासँगै आएको बाढी र पहिरोका कारण एक घर भत्किएको छ । गल्कोट नगर पालिका– ११ रिघाका ८३ बर्षिय कृष्ण बहादुर कामीको घर पहिरोले भत्काएको हो । मंगलबार रातीको समयमा घरभन्दा ६० मिटर माथीबाट आएको पहिरोले घर भत्काईदिएको रानाले जानकारी दिए । वडा अध्यक्ष डम्मबर बहादुर श्रीषका अनुसार उनको घरमा रहेका अन्नपात, लत्ताकपडा लगायतका सामग्रीमा पहिरोले पुरेको छ । घरमा रहेका सामग्री निकाल्ने र उद्धारको कार्य भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->