पोखरा /पोखरा २६ बुढिबजारका कृषकलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ । सिलिङ्गे कृषि उत्पादक सहकारी र कृषिज्ञान केन्द्रको पहलमा सहकारीले आफ्ना शेयर सदस्यहरुलाई कृषिमा आत्म निर्भर बनाउन कृषी सामाग्री बितरण गरिएको हो ।
सहकारीका अध्यक्ष ठाकुर प्रसाद रानाभाटका अनुसार सहकारीका सेयर सदस्य कृषहरुलाई बिगत बर्ष जसरी यस बर्ष पनि हाते ट्याक्टर , डिजिटल तराजु , टनेलको प्लास्टिक , भकारो सुधार , पोलिथिन पाईप , हजारी लगायत विभिन्न सामाग्रीहरू बितरण गरिएको हो ।
गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र कंडेलले कृषकलाई कृषि सम्बन्धि ज्ञान दिनु र सीप सहित विभिन्न सामाग्री सहित उपलब्ध भएमा कृषकलाई यो पेशामा जागरुक बनाउने बताए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रतिनिधि , जल्धारे सहकारिका अध्यक्ष श्रीकान्त ढुङ्गाना , पोखरा २६का जनप्रतिनिधी सुदिपराज ढुङ्गाना, सहकारीका सल्लाहकार मुरारी शर्मा , सल्लाकार देबेन्द्र रानाभाट, कृषि सामाग्री बितरण संयोजक सूर्य प्रकाश बन्जरा लगाएतले भनाई राखेका थिए । भने कार्यक्रम संचालन सचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।




