बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चट्याङले लागेर दुईको मृत्यु एक घाईते

चट्याङले लागेर दुईको मृत्यु एक घाईते


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७९, बिहिबार

बागलुङ/ बागलुङको नीखोलामा चट्याङले लाग्दा दुईजनाको मृत्यु भएको छ । अर्का एक जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । बुधबार राति निसीखोला गाउँपालिका–३ की ६६ वर्षीया नरमति घर्ती र वडा नं. ६ गुमकी १६ वर्षीया ज्ञानमला परियारको चट्याङले लागेर मृत्यु भएको हो ।

चट्याङ लाग्दा वडा नं. ६ की ३३ वर्षीया ननसरा परियार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । घाइते परियारको निसी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको रानाले बताए ।

घर्ती आफन्तको घरमा पाहुना बस्न गएको बेला राति ८ बजे चट्याङ लागि घाइते भएको र उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । उनको उपचारको क्रममा पौने २ बजेनै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->