पोखरा/ कार्यक्रम सम्पन्न गरेको छ । वडामा बसोबास गर्ने महिला तथा बालबालिकाका हक अधिकार, कानूनी सचेतनाका साथै महिला बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहारबारे ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा –१५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँले महिला तथा बालबालिकाविरुद्ध हुने घरेलु हिंसा,अधिकार र कानूनी सचेतनाबारे जो कोही जानकार रहनुपर्ने बताए ।
पोखरा महानगरपालिकाका न्यायिक समितिका सल्लाहकार राममणि अधिकारीले महिला सचेतनाका बारेमा बोल्दै समाजमा बस्दा आइपर्ने विविध समस्याहरूका बारेमा महिलाले गर्नुपर्ने सहजीकरणका साथै विवाद समाधानका लागि चाल्नु पर्ने कदमहरूका बारेमा जानकारी दिए ।
प्रशिक्षक भोलानाथ पौडेलले बाल अधिकारका बारेमा बोल्दै बालबालिकाको संरक्षण, पालन पोषण, शिक्षालगायत चेतना अभिवृद्धिका लागि ध्यान दिनुपर्ने बताए ।





