बागलुङ/ काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको बार्षिक आम्दानीको स्रोत हो आलु खेती । आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको पनि राम्रो खेती हुन्छ ।
माटो, सिंचाई र हावापानीले साथ दिएको भएपनि पछिल्लो समय यहाँका किसान दैवी प्रकोपबाट आजित भएका छन् । बर्षेनी असिना र तुसारोका कारण बालीमा हुने क्षतिले यहाँका किसानलाई सताएको हो । धम्जाका किसान डिलबहादुर छन्त्याल असिनाको मारमा नपरेको भए अहिले उनको भण्डार आलुले भरिएको हुन्थ्यो । तर, चैत बैशाखमा बर्षासँगै आएको असिनाले उनको बालीमा ठुलो क्षति ग¥यो ।
केही बर्ष पहिलेसम्म उहाँको बारीमा लगाएको आलुमा एक झालमा आधा किलो आलु फल्थे । यो बर्ष एक झालमा दुईतीन दाना मात्रै उहाँले फसल लिन पाए । ‘दुई बर्षअघि असिनाले खायो आलु भएन्, पोहोर साल असिना नपरेकाले राम्रो फलेको थियो’ स्थानीय याम बहादुर रोकाले भने ‘अहिले त ठुलो खात लागेर असिना पार्यो आलु फलेन् ।’
चिसो समयमा पर्ने तुसारो र चैत बैशाखमा आउने असिनाका कारण आलुमा देखिने रोगहरुको संक्रमणका कारण आलुको उत्पादन कम हुँदा यहाँका किसानहरुलाई गुजारा चलाउनै कठिन हुने गरेको छ । धम्जामा व्यवसायीक रुपमै आलुको खेती गर्दै आएका डिलबहादुर छन्त्याल, तुलबहादुर छन्त्याल र मन बहादुर थापा जस्ता कयौं किसानको लाखौंको आलुबाली नष्ट भएको तथ्यांक वडा कार्यालयले निकालेको छ ।
‘हाम्रो वडालाई त असिना पीडित क्षेत्र नै घोषणा गरे हुन्छ, हामी किसान सधैं मारमा पर्ने असिना र तुसारोकै कारणले हो’ रोकाले भने ‘किसानको क्षतिमा राहत आउने भन्छन्, तर, किसानले कहिलै राहत समयमा पाउँदैनन् ।’ धम्जामा असिनाका कारण हुने क्षतिको कमी गर्नका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने किसानहरुको माग छ । असिनाले मकै, जौ, गहुँ, कोदो र अन्य नगदेबाली तथा फलफुल तरकारीमा ठुलो क्षति पु¥याउने गरेको छ ।
यो बर्ष मात्रै झण्डै तीस लाख मुल्य बराबरको आलु बाली क्षति भएको तथ्यांक वडा कार्यालयले निकालेको छ । ‘हामी असिनाको रोकथामका लागि आलु बालीमा जाली लगाउने की भन्ने योजानमा छौं’ वडाध्यक्ष कुलबहादुर बिकले भने ‘असिना र तुसारो जोगाउने अन्य उपाय छन् भने पनि हामी ती उपायहरुको खोजी गछौं ।’
प्राकृतिक रुपमा आउने बिपद्लाई रोक्न नसकिने भन्दै बिकले अनुकुलनका योजनामा जोड दिने बताए । वडाले पीडित किसानका लागि राहत उपलव्ध गराउन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनका लागि क्षतिको यथार्थ विवरण तयार गर्ने काम गरिरहेको जनाएको छ ।





