आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

बजेटमा मनपरी गरियो : एमाले

बजेटमा मनपरी गरियो : एमाले


  • ढोरपाटन संवाददाता
  • असार २४ २०७९, शुक्रबार

पोखरा/प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध पछि गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ । बजेट माथि छलफलका लागि बसेको बैठकको छलफल प्रारम्भ हुनलागे लगत्तै एमालेले अवरोध गरेको हो ।

प्रदेश सभामुख नेत्रनाथ अधिकारीले समस्या राख्न प्रमुख सचेतकलाई भनेपछि एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले सदनको गरिमाको अपमान गर्ने काम गरेको समेत आरोप लगाए । बजेटमा प्रमुख प्रतिपक्षिलाई के प¥यो सरोकारको विषय नभएको र गठबन्धनकै सांसदले आफै बाडेर खाएपनि सदनको गरिमालाई झुकाउने काम नगराउन आग्रह गरे ।

गठबन्धनले बजेट निमार्ण र प्रस्तुत गर्ने काम गलत तरिकाले गरेको भन्दै विरोध गरेको बताए । बजेट भाषण गर्दा सांसद विकास कोषको रकम काटेको तर अहिले फेरी थपेको भन्ने जानकारी आएकाले एमालेले विरोध गरेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->