पोखरा – गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री सहित अन्य मन्त्रीहरुको आमाबुबाको नाममा घोषणा गरेको बजेटको विरोध गर्दै अनेरास्ववियु गण्डकीले पोखरामा १ रुपैयाँ दान संकलन अभियान थालेको छ ।
मुख्यमन्त्रीको कार्यालय नजिकै रहेको रत्नचोकमा अनेरास्ववियुले मुख्यमन्त्री र मन्त्रीको पारिवारिक ट्रस्टका लागि रु.१ दान संकलन अभियान गरेको हो ।
उनीहरुले मुख्यमन्त्री कृष्णचन्दै पोखरेल नेपाली तथा शिक्षामन्त्री मेखलाल श्रेष्ठको फोटो अनुहारमा टासेँर दान संकलन गरेका हुन् ।
राज्यको सम्पति व्यक्तिगत नाममा लगाइएको भन्दै उनीहरुले विरोध गरेका हुन् । उनीहरुले उक्त रकम बरु गरिब जनताका छोरा छोरी पढ्ने क्याम्पसमा होस्टेलको निमार्णमा खर्च गर्न समेत सुझाव दिएका छन् ।
ट्रस्टलाई दिनुभन्दा आवास गृह बनाए पुण्यको काम हुने आन्दोलनकारीहरुको भनाई रहेको छ ।




