पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको राजीनामाको माग गर्दै प्रदेशसभा भवन अघि विरोध प्रदर्सन गरिएको छ ।
एमाले भातृसंगठन युवा संघ नेपाल र अनेरास्ववियुले गण्डकी प्रदेश सभामा संसद बैठक सुरु हुन लागेसंगै विरोध गरेका हुन् ।
आज संसदमा मुख्यमन्त्री नेपालीले बजेटबारे उठेका विषयमा जवाफ दिदैछन् । तर एमालेनिकट संगठनले भने मुख्यमन्त्रीको राजीनामाको माग गरेका हुन् ।
मुख्य मन्त्री नेपालीले आमा बुबाको नाममा ठुलो बजेट लिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । यस अघि रत्नचोकमा समेत उनीहरुले मुख्यमन्त्री र उनका पारिवारिक नाममा रहेको ट्रस्टका लागि रु. १ दान संकलन अभियान चलाउँदै विरोध गरेका थिए ।




