बागलुङ/ बागलुङका तीन जना कानुन व्यवसायीले बरिष्ठ अधिबक्ताको उपाधि पाएका छन् । अधिबक्ताहरु रामप्रसाद आचार्य, काजीगाउँले श्रेष्ठ र हरीप्रसाद शर्माले बरिष्ठ अधिबक्ताको उपाधि पाएका हुन् । देशभरका १३३ कानुन व्यवसायीलाई सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठकले वरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो ।
उपाधि पाउने मध्ये आचार्य बागलुङ स्थायी घर भई काठमाण्डौमा कानुन व्यवसायीको रुपमा कार्यरत छन् भने श्रेष्ठ र शर्मा बागलुङमानै कृयाशिल छन् । यस अघी बागलुङमा बरिष्ठ अधिबक्ताको उपाधि पाउने पद्मनाथ शर्मा पौडेल र कृष्ण प्रसाद शर्मा न्यूरे कानून व्यवसायीको रुपमा कृयाशिल छन् । यो सँगै बागलुङमा कानून व्यवसायमा कृयाशिल बरिष्ठ अधिबक्ताको संख्या ५ पुगेको छ ।





