मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

चाउथेमा युआरएलको सेवा केन्द्र

चाउथेमा युआरएलको सेवा केन्द्र


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७९, आइतबार

पोखरा/ युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)ले पोखरा १४ को चाउथेमा सेवा केन्द्र खोलेको छ । पोखरा महानगरका विभिन्न क्षेत्र र गण्डकी प्रदेशबासीलाई स्थानीय रुपमै गुणस्तरीय ल्याब सेवा प्रदान गर्ने उद्देश्यले युआरएलले ११ औं स्थानमा सेवा विस्तार गरेको हो ।

यसअघि युआरएलले पोखरामा सभागृहचोकको केन्द्रीय कार्यालय, बाटुलेचौर, हस्पिटलचोक र शिशुवाबाट सेवा दिइरहेको छ । युआरएलले पोखराबाहिर लमजुङको बेसीसहर, स्याङ्जाका पुतलीबजार र वालिङ, तनहुँका दमौली र दुलेगौंडाबाट सेवा प्रदान गरिरहेको छ ।

सेवा सुरुआतको अवसरमा शनिबार युआरएल चाउथे परिसरमा निशुल्क शिविरसमेत आयोजना गरिएको छ । शिविरमा ३ सय ७ जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । शिविरमा अरु सबै प्रकारका जाँच र होलबडीका प्याकेजमा समेत ५० प्रतिशत छुट दिइएको छ ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै पहिलो र लोकप्रिय ल्याब भएकाले आफूहरु प्रदेशलाई रगत जाँचमा आत्मनिर्भर बनाउन लागेको उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->