मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पातञ्जल योग समिति नेपालको दीक्षान्त समारोह सम्पन्न

पातञ्जल योग समिति नेपालको दीक्षान्त समारोह सम्पन्न


  • ढोरपाटन संवाददाता
  • साउन १ २०७९, आइतबार

पोखरा / तञ्जल योग समिति नेपालको दीक्षान्त समारोह सम्पन्न भएको छ । शनिबार पोखरामा एक कार्यक्रमका बीच दीक्षान्त समारोह सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले योगबाट नै समाज रुपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले छोटो समयमा पातञ्जल योग समितिले समाजमा आफुलाई अब्बल साबित गर्दै लगेको बताए ।

योगमार्फत् स्वस्थ प्रदेश बनाउने हेतुस्वरुप गण्डकी सरकार लागि परेको भनाइ उनको थियो । कार्यक्रममा राजयोगनी ब्रह्माचारी शोभा दिदीले मानव जीवन सृष्टिको श्रृङ्गार भएको र मानव जीवनमा सदगुण फैलाउन योगको महत्व खास रहेको बताइन् । पातञ्जल योग समितिका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालले योगबाट राजनीतिक र सामाजिक रुपमा सकरात्मक परिवर्तन ल्याउन सकिने बताए । पातञ्जल योग समिति गण्डकी प्रदेशका सल्लाहकार रविन्द्र माकाजुले योगलाई राज्यस्तरबाट पनि समाज समाजमा प्रवाह गर्नुपर्ने आवश्यकतालाई जोड दिए । कार्यक्रममा बोल्दै पातञ्जल योग समिति गण्डकी प्रदेशकी अध्यक्ष रश्मी भण्डारीले योगबाट समाजमा सकरात्मक सन्देश प्रवाह गर्न आफुहरु लागिपरेको जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->