पोखरा/ कास्की प्रहरीले नक्कली सुन देखाएर ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
असार ३१ गते पोखराको न्यूरोडमा रहेको एक होटलमा नक्कली सुनका बाला देखाएर ठगी गर्न खोज्ने चितवन माडी नगरपालिका ८ वसन्तपुर घर भइ हाल पोखरा ४ रामकृष्ण टोल बस्ने ३५ वर्षीय धर्मेन्द्र खाती र स्याङ्जाको अर्जुनचौपारी ४ रापाकोट घर भइ पोखरा १६ घर्मीखोला बस्ने ४० वर्षीय डिलबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।





