बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कालिका गुठीले ग-यो खर्च सार्वजनिक

कालिका गुठीले ग-यो खर्च सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७९, बुधबार

बागलुङ/ कालिका भगवती गुठीले एक बर्षमा २ करोड ५७ लाख रुपैयाँको आर्थिक कारोवार गरेको छ । गुठीले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । गुठीले असार मसान्तसम्म उक्त अंकको आयव्याय सार्वजनिक गरेको हो ।

खर्च तर्फ तलबका लागि १८ लाख ९१ ह्जार, बिजुली महसुल १ लाख १४ हजार खर्च भएको देखाइएको छ । हाल निर्माण सम्पन्न भएको सत्तलका लागि ६२ लाख ६५ हजार र पूजा खर्चतर्फ २ लाख ९३ हजार देखाइएको छ । कर्मचारीको पोशाकका लागि ३ लाख ५९ हजार ६ सय ५०, मेसिनरी तथा उपकरण खरिद शिर्षकमा १२ लाख ४६ हजार खर्च गरेको देखिएको हो । खाद्यान्न तथा आवासतर्फ २ लाख ४१ ह्जार, दैनिक भ्रमण भत्ता शिर्षकमा १ लाख ९६ हजार, सामान खरिदमा ३ लाख ४ हजार र चैत्रास्टमी मेलाका लागि १८ लाख खर्च भएको हो ।

आम्दानीतर्फ भक्तजनले चढाएको चामलबाट २ लाख ७९ हजार, बोकाको टाउको बिक्री ७ लाख ३४ हजार, कुखुराको ८० हजार राँगोको १७ हजार आम्दानी भएको हो । भाडामा दिएको सटरबाट १७ लाख ४७ हजार, आर्थिक सहयोग मार्फत १० लाख ७६ हजार रुपैयाँ कमाइ भएको देखिएको हो । आम्दानी र खर्चमध्ये बैंकमा ७८ लाख ९४ हजार र साना नगदी कोषमा ८ हजार ९ सय रहेको देखिएको हो । २७ हजार रुपैयाँ पेश्की गएको अध्यक्ष कुमार खड्काले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->