मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बागलुङबाट छुटेको बस पाल्पामा दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

बागलुङबाट छुटेको बस पाल्पामा दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०७९, आइतबार

बागलुङ/ पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । बागलुङको बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->