बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नायक प्रदिप खड्काले भेटे गण्डकीका कानून मन्त्री थापालाई

नायक प्रदिप खड्काले भेटे गण्डकीका कानून मन्त्री थापालाई


  • ढोरपाटन सम्वाददाता
  • साउन १२ २०७९, बिहिबार

पोखरा, १२ साउन–गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा र नायक प्रदीप खड्काबीच भेटघाट भएको छ ।

विहिबार मन्त्रालयमा उनीहरुको भेट भएको हो । भेटका क्रममा नायक तथा कलाकार प्रदीप खड्काले असोज ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेम गीत ३’ का विषयमा जानकारी गराएका थिए ।

उनले चलचित्र गण्डकी प्रदेशकै मनाङ जिल्लामा छायांकन गरिएको र उक्त चलचित्र लाई सफल पार्न प्रदेश सरकारबाट समेत सहयोग हुनुपर्ने बताए ।

प्रदीपले मन्त्री थापालाई चलचित्रको ट्रेलर समेत देखाएका थिए । टे«ेलर हेर्दै मन्त्री थापाले चलचित्र मार्फत प्रदेशको सामाजिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको बताए ।

‘प्रदेशको मनाङ जिल्लामा छायाँकन गरिएको चलचित्र प्रेम गीत ३ का विषयमा जानकारी पाउँदा अत्यन्त खुशी छु ।

विभिन्न भाषामा डबिङ गरी विश्वभर नै एकैसाथ प्रदर्शन हुने चलचित्र मार्फत यहाँको सामाजिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्नेमा आशावादी छु’, उनले भने ।

मन्त्री थापाले प्रदेश सरकारले पनि चलचित्र विकास बोर्डको गठनको तयारी गरिरहेको जानकारी गराए । उनले चलचित्र क्षेत्रको सम्बद्र्धन, पवद्र्धन र उत्थानका लागि गण्डकी सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

साथै मन्त्री थापाले भदौ १० गतेदेखि प्रदर्शनमा आउन लागेको प्रदीप अभिनित चलचित्र ‘प्रकाश’को पनि सफलताको शुभकामना व्यक्त गरे ।

प्रकाशको समेत ट्रेलर हेर्दै मन्त्री थापाले यस्ता कथाहरु चलचित्रका माध्यम प्रदर्शन भइराख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->