बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गैसस महासंघमा पुन: मुक्तिराम चयन

गैसस महासंघमा पुन: मुक्तिराम चयन


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०७९, शनिबार

बागलुङ/गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला कार्यसमिति बागलुङको अध्यक्षमा पुनः मुक्तिराम सापकोटा चयन भएका छन् ।

शनिबार बागलुङ बजारमा सम्पन्न ७ औं अधिबेशन तथा १४ औं साधारणसभाले सापकोटालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । महासंघको उपाध्यक्षमा मणिभद्र शर्मा, सचिवमा शालिग्राम शर्मा, उपसचिवमा कल्पना श्रेष्ठ र कोषध्यक्षमा पम्फा किसा नचयन भएका छन् । सदस्यहरुमा पम्फा खड्का, होमनाथ शर्मा, ओमप्रकाश पौडेल र यम कँडेल चयन भएका छन् ।

साधारणसभाको उद्घाटन गर्दै गैसस महासंघका केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदीले तीनै तहका सरकारको नजर नपुगेको क्षेत्रमा गैरसरकारी संस्थाहरुले काम गरिरहेको दावी गरे । सरकारको सारथी बन्दै सरकारको ध्यान नपुगेको क्षेत्रका जनताको लागि समेत गैससले ध्यान दिएको उनको भनाई थियो । कार्यक्रममा गैसस गण्डकी प्रदेश इञ्चार्ज राजेन्द्र पौडेल, केन्द्रिय सदस्य जगन्नाथ शर्मा, गण्डकी प्रदेशका कार्यबहाक अध्यक्ष पदम पहाडी र सचिव शिव शर्मा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->