बागलुङ/ दैनिक उपभोग्य बस्तु र किराना सामाग्रीमा हुन सक्ने कालोबजारी, म्याद गुज्रेका सामान र अन्य समस्या बारे आइतवार बागलुङ स्थित बजार अनुगमन गरिएको छ ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङ, घरेलु तथा साना उद्योग कार्यालय, बागलुङ नगरपालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी, पत्रकार र उपभोक्ता मंच समेतको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा बेसन र जुस प्रकारका खाद्यबस्तुमा म्याद गुज्रेको, केही अखाद्य अबस्थाको भेटिएको हो । ‘आइतवार ११ पसलमा अनुगमन गर्दा अधिकांस पसलमा मूल्य सूचिनै नराखेको पाइयो’ उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भने, ‘बिल बिजक नदिने र राख्दै नराखेको पनि भेटिएका छन् ।’ अखाद्य बस्तु नष्ट गर्ने र बिल बिजक प्रयोग अनिवार्य गर्न निर्देशन दिएको उनले बताए ।
हरेक पसल सफाइ गर्नुपर्ने, चाडपर्व समेत आएकोले उपभोक्ता ठगिने खतरा बाट बच्न नियमित अनुगमन गरिने तथा निर्देशनहरु पलना नभएमा कारवाही गरिने श्रेष्ठले जानकारी दिए । सोमबार पनि बजार अनुगमन निरन्तर चल्ने भएकोले कतिपय बस्तुहरुको एकमुष्ट तथ्यांक निकालिने उनले जानकारी दिए ।





