बागलुङ/ बोलबम काँवरीया संघ बागलुङले बागलुङ बजारमा बोलबम काँवर यात्रा गरेको छ । साउने सोमवारलाई मध्य नजर गर्दै संस्कृतिको संरक्षण गर्ने र मनमा शान्ति ल्याउने उद्देश्यले बागलुङ बजारमा बोलवम काँवर यात्रा गरिएको संघले जनाएको छ ।
सनातन धर्मसंग आश्स्था राख्नेहरुको सभागितामा बागलुङ बजारदेखि कालिगण्डकी नदिमा पुगेर जल लिएर बानपा ४ स्थित गौरीधाम शिवमन्दिरमा खाली पैदल यात्रा गरिएको संघका अध्यक्ष लक्ष्मीनारायण शाहले जानकारी दिए ।
गौरीधाम शिवमन्दिरमा पुगी जल चढाएर पुजा अर्चना गरि यात्रा सकिएको जानकारी दिदै शाहले गत दुई बर्ष कोरोनाका कारण यो कार्यक्रम नभएकाले यात्रामा उत्साहजनक सहभागीता रहेको बताए ।
बिषेश गरि भारत र तराई क्षेत्रबाट बागलुङ आई बिभिन्न पेशा व्यवसाय गरि बसेकाहरु र स्थानियवासीको सहभागीतामा यात्रा सफल भएको उनको भनाई थियो । साउन शिवजीको महिना र त्यसमा पनि सोमवार बिषेश दिन भएकाले सवैको सल्लाहमा साउनको चोथै सोमवार यो यात्रा गरिएको उनले जानकारी दिए ।
संघले बोलवम यात्राको प्रचार स्वरुप गत २१ गते बागलुङमा मोटरसाइकल ¥याली पनि गरेको थियो । यसैबिच साउनको चौथो सोमवार पनि साविक धौलागिरिका शिवालय मन्दिरहरुमा भक्तजनको भिड लागेको थियो ।








