बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फोनिजको २३ औं स्थापना दिवश मनाइयो

फोनिजको २३ औं स्थापना दिवश मनाइयो


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०७९, शनिबार

बागलुङ/नेपाल आदिवासी पत्रकार महासंघ फोनिजको २३ औं स्थापना दिवश शुक्रबार एक कार्यक्रम गरी मनाइएको छ ।
फोनिज बागलुङ जिल्ला समितिको आयोजनामा भएको पत्रकार र पत्रकारिता बिषयक अन्तरक्रियामा सहभागिले अहिलेको पत्रकारितालाई व्यवसायिक र मर्यादित बनाउनुपर्ने बताए । उनीहरुले पत्रकार कस्तो हुनुपर्छ र फोनिजको अवधारणा के हो भन्ने बिषयमा बढी केन्द्रीत छलफल गरेका थिए ।

कार्यक्रममा फोनिज बागलुङका अध्यक्ष प्रकाश छन्तयालले कार्यपत्र समेत प्रस्तुत गरेका थिए कार्यपत्रमा पत्रकारहरुले टिप्पणी र छलफल गरेका थिए । फोनिज बागलुङका अध्यक्ष प्रकाश छन्त्यालको अध्यक्षता सचिव डम्बर बुढाको संचालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद बागलुङका अध्यक्ष बोमबहादुर गुरुङले आदिवासीको वास्तविकता बुझेर पत्रकारिता गर्दा धेरे विषयमा सफलता मिल्ने बताए ।

बेलाबेला बोलीमा आउने त्रुटिदेखि सोझोपनको फाइदा उठाउने प्रवृत्तिको अन्त्य गर्न पत्रकारिताले भूमिका खेल्नुपर्ने उनको धारणा थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका कार्यवाहक अध्यक्ष नविन शिशिर बिकलगायतले पनि कार्यपत्र र कार्यक्रमको औचित्यबारे बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->