बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सडेगलेको अबस्थामा महिलाको शव फेला

सडेगलेको अबस्थामा महिलाको शव फेला


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०७९, शुक्रबार

पोखरा/ कास्कीको रुपा गाउँपालिका–५ देउरालीस्थित पानीसरा मज्र्याङकोटको एक पुरानो घरमा महिलाको शव सडेगलेको अवस्थामा भेटिएको छ । पोखरा महानगरपालिका–३० खुदी बस्दै आएकी गौरी बसौला हराएको दुई हप्तापछि सडेगलेको अवस्थामा उनकै पुरानो घरको छेउको घरमा शव फेला परेको हो ।

तीन घरमात्रै रहेको उक्त स्थानमा २ घरमा परिवार बस्दै आएका थिए । एक घर माथि र २ घर तल रहेको थियो । उनको शव भेटिएको घरको छेउमा श्रीमान् र आमा बस्दै आएका थिए भने माथिल्लो घरमा बुद्दिमान परियारको परिवार बस्दै आएका थिए । गौरीको परिवारले त्यहीं घरको मुनि बाख्रा पालेका छन् ।

कोही पनि नबस्ने पुरानो घरमा सडेको अवस्थामा उनको शव फेला परेको हो । बाहिरबाट ताल्चा लगाएको घरको तलामा उनको शव भेटिएको स्थानीय महेश्वर बसौलाले जानकारी दिए । ‘२६ गते साँझ घाँस काट्न घरबाट हिंडेकी रहिछन्, एक अगाँलो घाँस काटेर हराएकी हुन्’ उनले भने, ‘राती हराएको खबर पाएपछि सबैले तलतिर (पोखरा–३० खुदी) नजिकै खोजी भयो । बिहान हामीले सबैतिर खोज्यौ तर, भेटिएन् ।’

‘डोरी लगाएको छ तर उत्तानो अवस्थामा शव छ । केही पनि चिन्ने अवस्था नै छैन्’ उनले भने । गौरी वर्षैदेखी खुदीमै बस्दै आएकी थिइन् । खुदीबाट पुरानो घर करिब १५ किलोमिटरभन्दा बढीको दुरीमा जानुपर्छ ।

साउन २७ गते जनै पूर्णिमाका दिन श्रीमानलाई ससुरालीमा धागो लगाउन जाने भए जाउँ भन्दै आग्रह गरेकी उनी एकाएक हराएको र अहिले मृत अवस्थामा फेला परेको रुपा गाउँपालिका–५ का वडा सदस्य रामकृष्ण बसौलाले बताए । चाबी लगाएको घरमा उनको शव भेटिनु आश्चार्यको कुरा भएको उनको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले आत्महत्या वा हत्या भएको भन्ने विषयमा पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने बताए । ‘पोष्टमार्टमा रिपोर्ट नआएसम्म कुनै आइडिया नै भएन् । अहिले पोष्टमार्टका लागि राखिएको छ । सडेगलेको अवस्थामा भएकाले यहि हो भन्ने अवस्थामा छैन्’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->