बागलुङ/ बुधबार साँझदेखि लगातार परेको वर्षासँगै आएको पहिरोका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका बिभिन्न ठाउँमा पहिराको खसेका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो । यसअघी मंगलबार साँझ पहिराका कारण बन्द भएको सडक बुधबार दिनभर लगाएर खोलिएको थियो ।
ठूला–ठूला ढुङ्गा सडकमा झरेका कारण तत्काल सडक खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले जानकारी दिए । वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको हो ।
सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका अन्य सवारीसाधन बीचबाटोमै थन्किएका छन् ।





