बागलुङ/ बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको देउराली प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई विद्यालय झोला तथा शैक्षिक सामग्री उपलव्ध गराइएको छ । बागलुङ बजारमा स्थापना भएको एक स्मृति कोषबाट शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरिएको हो ।
स्वर्गिय नन्दप्रसाद उपाध्याय आचार्य र नन्दकली उपाध्याय आचार्यको स्मृतीमा छोराहरू शिवराम आचार्य, पशुपति आचार्य, यज्ञबल्लभ आचार्य र राजेन्द्र आचार्यले स्थापना गरेको ‘नन्दलाल÷नन्द्यकली स्मृती कोषबाट विपन्न विद्यार्थीहरुलाई सहयोग गरिएको हो । कोषमा रहेको २ लाख २२ हजार २ सय २२ रूपैयाँ अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमले उनीहरुलाई शैक्षिक सामग्री खरिद गरिएको कोषका सल्लाहाकार राजेन्द्र आचार्यले बताए ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बागलुङ नगरपालिका उपप्रमुख राजु खड्का, वडा नम्बर ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्री, जिल्ला समन्वय समितिका सदस्य जशोदा शर्मा, नेपाली कांग्रेस क्षेत्री समिति प्रदेश ‘क’ का सभापति हरिबहादुर जिसीलगायतले बोलेका थिए । नन्द प्रसाद, नन्दकली स्मृति कोषका संस्थापक शिवराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रम यज्ञबल्लभ आचार्यको स्वागत र संचालन सल्लाहकार राजेन्द्र आचार्य संचालनमा सम्पन्न भएको थियो ।





