बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

महासंघका संस्थापक सत्यनारायण भएको दावी

महासंघका संस्थापक सत्यनारायण भएको दावी


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०७९, शुक्रबार

बागलुङ/ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले नेपाल पत्रकार महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ भएको दाबी गर्दै ज्ञापनपत्र बुझाएको छ । पत्रकार महासंघका संस्थापक कृष्ण प्रसाद भट्टराई नभई सत्यनारायण बहादुर श्रेष्ठ रहेको फोनिजको दाबी छ ।

२००८ साल वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको, २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालिन नेपाल पत्रकार संघ पुनर्गठन भएको फोनिजले दाबी छ ।

२०१२ साल चैत १६ गते नेपाल पत्रकार संघ पुर्नगठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बनेकाले सोही दिनलाई स्थापना दिवस र उनलाई नै संस्थापक अध्यक्ष मान्नु अन्यायपूर्ण कार्य भएको फोनिजको दावी छ । फोनिजले भट्टराईको योगदानको उच्च कदर गर्दै ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुन्’ भन्ने पुष्टिका आधार सोही अनुसारको व्यवस्था गर्न माग गरेको छ । फोनिज बागलुङका सचिव डम्बर बुढा मगरले पत्रकार महासंघ बागलुङका कार्यबहाक अध्यक्ष नविन शिशिरमार्फत ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->