बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पत्रकारीता क्षेत्रका बिकृति नियन्त्रण गर्नुपर्छ : अध्यक्ष बस्नेत

पत्रकारीता क्षेत्रका बिकृति नियन्त्रण गर्नुपर्छ : अध्यक्ष बस्नेत


  • ढोरपाटन संवाददाता
  • भाद्र १८ २०७९, शनिबार

बागलुङ/ प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार नागरीकको साथी जस्तै हुनुपर्ने बताएका छन् । पछिल्लो समय नेपाली पत्रकारीतामा बिकृति मौलाउन थालेकाले सर्वसाधारणले विश्वास गर्ने वातावरण नरहेको भन्दै उनले कसैलाई लान्छाना लगाउने र हिलो छ्याप्नेमा भन्दा सत्यमा अडिने खालको पत्रकारीताको आवश्यकता रहेको औंल्याए ।

‘अहिले पत्रकार देख्दा मान्छेहरु तर्सिने वातावरण बनेको छ, केही पत्रकारका कारण पत्रकारीता क्षेत्र नै बद्नाम भैरहेको छ’ उनले भने ‘कुनै आस्था र बिचारका आधारमा हिलो छ्याप्ने भन्दा, नागरीकको अधिकारका सवालमा आवाज उठाउने, सत्य तथ्य लेख्ने खालको, साथीलाई जस्तै विश्वास गर्ने खालको पत्रकारीताको आबश्यकता छ ।’

नागरीकका बीचमा विश्वास गुमाएको पत्रकारीताले पेशानै धरापमा पार्ने भन्दै विश्वास आर्जन गर्नेगरी काम गर्नुपर्नेमा उनको जोड थियो । ‘लेख्ने भनेको नकरात्मक वा गलत मात्रैको खोजी गर्नु हो भन्ने छोडौं, सकरात्मक खेलेर पनि समाज परिवर्तन गर्न सकिन्छ ।’ बस्नेतले भने ।

बागलुङबाट प्रकाशन आरम्भ गरेको हिडन खवर डटकमको शनिबार ‘जुम’मार्फत उद्घाटन गर्दै बस्नेतले सााजिक सञ्जालमा आउने अफवाह रोक्ने राज्यले संयन्त्र तयार गर्नुपर्ने बताए । नियमनका नाममा सञ्चार क्षेत्रलाई कसिलगाउनेगरी आउने कानूनहरु मान्य नहुने भन्दै उहाँले सामाजिक सञ्जालमा रहेको बिकृतिलाई भने नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
सर्वसिद्धि मिडिया प्रालिले उक्त अनलाईन प्रकाशनमा ल्याएको थियो । ९ महिना पहिलेदेखि प्रकाशन भएको अनलाईनको शनिबार बिधिवत उद्घाटन गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->