बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

शिक्षामन्त्री पौडेल र सगरमाथा आरोही केसी माओवादीबाट बागलुङका दुवै क्षेत्रमा सिफारिस

शिक्षामन्त्री पौडेल र सगरमाथा आरोही केसी माओवादीबाट बागलुङका दुवै क्षेत्रमा सिफारिस


  • ढोरपाटन संवाददाता
  • भाद्र २१ २०७९, मंगलबार
सगरमाथा आरोही कृष्ण केसी

बागलुङ – नेकपा माओवादी केन्द्र बागलुङले पार्टीका केन्द्रिय सचिव एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र केन्द्रिय सदस्य एवं सगरमाथा आरोही कृष्ण केसीलाई जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छ । पौडेल र केसीलाई स्थानीय पार्टी कमिटीबाट आएको सुझावका आधारमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ र २ दुवैबाट क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस गरिएको हो ।

क्षेत्र नं. २ मा पौडेल र केसी वाहेक गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्र बहादुर बुढा सागरको नाम पनि सिफारिस गरिएको छ । यो क्षेत्रबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ निलबहादुर पुन, निरमाया श्रीष, केशरी घर्ति मगर, कर्ण परियार र ललित श्रीषको नाम सिफारिस गरेको माओवादी केन्द्रले जनाएको छ ।
निर्वाचन क्षेत्र नं. १ बाट समानुपातिकतर्फ भने केन्द्रिय सदस्य बलावती शर्मा र मोहम्मद अजिजलाई मात्रै सिफारिस गरिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल

माओवादी केन्द्र बागलुङका इन्चार्ज बलावती शर्माका अनुसार माओवादी केन्द्रले क्षेत्र नम्वर १ को प्रदेश ९क० मा प्रत्यक्षतर्फ यज्ञबल्लब शर्मा र चक्रपाणी कँडेललाई, समानुपातितर्फ कुशुम बुढा, गगन बहादुर पुन र लक्ष्मीदेवी रोकालाई र क्षेत्र नम्वर १ प्रदेश ९ख० मा प्रत्यक्षतर्फ कुलचन्द्र शर्माको नाम एकल रुपमा सिफारिस गरेको छ । यो प्रदेशबाट समानुपातिकतर्फ मेघनाथ शर्मा, चिनिमायाँ काला मगर, टिकाकुमारी विश्वकर्मा र पदमबहादु श्रीष रानाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी, माओवादीले क्षेत्र नम्बर २ को प्रदेश ९क० मा प्रत्यक्षतर्फ दिलमाया रोका, ज्ञामनाथ गैरे, राजिव घिमिरे, नरेश केसी र अर्जुन चोखालको नाम सिफारिस गरेको छ । यो क्षेत्रबाट समानुपातिकतर्फ भविकला रोका मगर, गंगाबहादुर भुजेल, दिलकुमारी पुन, मेखबहादुर विक र छमकुमारी बस्नेतको नाम सिफारिस गरेको माओवादीले जनाएको छ ।

क्षेत्र नम्वर २ को प्रदेश ९ख० मा प्रत्यक्षमा चन्द्र अर्यालको नाम एकल रुपमा सिफारिस भएको छ । यो क्षेत्रबाट समानुपातिकतर्फ प्रेम बहादुर रोका र कमला पुनलाई सिफारिस गरिएको छ । प्रदेश क्षेत्र र संघिय क्षेत्रबाट आएको सुझाव सहित उम्मेदवारको नाम गण्डकी प्रदेश कमिटीमा पठाईएको माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->